Message From Parents
Mr. Arun Thapa
Parents
अभिभावकको नजरमा विधालय ….. पर्यटकिय शहर पोखराको मुटुमा रहेको,चादी जस्तै टलटल टल्कन माछापुच्छ्रे हिमालको छाहारी मुनि आधुनिक भौतिक संरचनाहरूले सजिएको पोखरा महानगरपालिका वडा न.८ को सिमलचौरमा अवस्थित २०३९ सालमा स्थापित एउटा ससक्त र उत्कृष्ठ निजी विधालय लिटिल स्टेप माध्यमिक विधालय मेरो लागि एउटा पारिवारिक विधालय हुन पुगेको छ ! यहा शान्त र पारिवारीक तरिकाबाट व्यावाहारिक रूपमा सबै विधार्थीहरूको मनोभावना बुझेर पठन पाठानमा ध्यान दिने विधालयको परिपाटी देखेर म आकर्षित भए विधालयको राम्रो व्यावास्थापन,सरल,सहज र उत्कृष्ठ तरिकाले पढाउनु हुने शिक्षक शिक्षिकाहरू र अनुशासित विधार्थीहरू का कारण मेरो लागि एउटा नितान्त पारिवारिक विधालय बन्न पुगेको छ ! यस स्कुलमा मेरा आफ्ना आफान्तका छोरा छोरी र मेरो छोरा छोरी गरेर दर्जनौले यस स्कुलमा पढेर अहिले उच्च शिक्षा हासिल गरि रहेका छन !
यस परिपेक्ष्यमा खुशी र गर्भ लाग्छ र मन मनै खुसीको अनुभुति हुन्छ मेरा भविष्यका आशाका किरणहरूले अध्ययन गरेको यस लिटिल स्टेप माध्यमिक विधालयको बारेमा आफ्ना अनुभुतिहरू स्मरण गर्न पाउदा तसर्थ विधालयको सम्पुर्ण परिवार प्रति पनि आभार तथा कृतज्ञाता व्यक्त गर्न चाहान्छु ! मलाई लाग्छ यस विधालयको व्यावस्थापन समिति एवम् विधालय परिवारले यो बिचको दशकमा शैक्षिक प्रतिष्पर्दामा खुलेका अनगिन्ति विधालयहरूले आफुलाई अव्बल देखाउने नाममा विभिन्न प्रकारका विकृति विसङगी र अस्वस्थ्य प्रतिष्पर्दा गरिरहेको हामीले देखि रहेका छौ ! तर पनि यो अस्वस्थ्य प्रतिष्पर्दाको बिचमा पनि विधालयले आफुलाई अलग राखेर आफ्नो छुट्टै पहिचान बनाउन सफल रहयो ! यस अर्थमा पनि यस विधालयको शैक्षिक भविष्य उज्जवल देखेको छु ! म एउटा अभिभावकको रूपबाट यस विधायललाई नजिकबाट नियाल्दा हिजो त्यो स्थापना देखि आज सम्म आई पुग्दा पनि हामी अभिभावकहरू प्रति गरेको नर्म र भलाद्मी व्यावाहार,शिक्षक शिक्षिकाले बच्चाहरूको मनोभावना बुझेर कसरी पढाउदा बुझ्दछन,कसरी विधार्थीहरू अनुसासित राख्न सकिन्छ भनेर पढाईमा दिएको हिजो देखि आज सम्मको निरन्तरताको लगाभ र यहाहरूले दिने व्यावाहारिक,सरल र सहज ज्ञानगुनका कुरा शिक्षक शिक्षिकाले विधार्थीहरू लाई कसरी कुन तवरले पढाउदा बुझ्छन र बुझाउन सकिन्छ भनेर गरेको हर सम्भव प्रयास लाई नजिकबाट नियालिरहदा उहाहरूको कडा परिश्रम अडिक नैतिक प्रतिवद्धताको उच्च मुल्याकन गर्दै मुक्त कण्ठले प्रंससा गर्न चाहान्छु ! यसरी चार दशक भन्दा अगाडी खुलेको विधालय आज यो अवास्था सम्म आईपुग्दा विभिन्न आरोह अवरोहहरू पार गर्दै निखारिएर निरन्तर शैक्षिक स्तर वृद्धि गरिरहेको छ !
यसको जवलन्त उधाहारण भनेको विज्ञान संकाय,होटल म्यानेजमेण्ट र व्यावस्थापन संकायमा धेरै विधार्थीहरू आकर्षित गरिरहेको छ ! यसका लागि विधालय हरेक कुरामा अव्बल बन्दैछ ! यसलाई राम्रो र उत्कृष्ठ रूपमा व्यावास्थापन गर्न भौतिक संरचना देखि दखल प्राप्त शिक्षक शिक्षिकाहरू चाजो पाजो मिलाएर एउटा दक्ष सवल र सक्षम जनशक्ति तयार पारि रहेको छ ! यस मानेमा पनि यस लिटिल स्टेप माध्यमिक विधालय परिवार प्रति आशा र भरोसा गर्न सक्छौ कि भोलि देशले खोजेको र आशा गरेको दक्ष जनशक्तिको उर्भर भुमिको रूपमा आफुलाई उभ्याउने छ ! यो विधालय पोखरा र सिङो देशले गर्भ गर्न सक्ने शैक्षिक हवको रूपमा आफुलाई चिनाउन सफल हुने आशा एवम् अपेक्षा राख्न चाहान्छु ! अब बिस्तारै पुरानो परम्परागत हाम्रो शैक्षिक प्रणाली भन्दा माथि उठेर कसरी विधार्थीहरूलाई सिपमुलक र भोलिका दिनमा रोजगार मुखि बनाउनका लागि विधालयको तर्फबाट र आवश्यक परेमा समयको माग बोमोजिम सिङ्गो राज्यको शिक्षा निति परिवर्तन गर्नका लागि विधालय र हाम्रा नानी बाबुहरूको पहल कदमी कोसेढुङ्गा बन्न सकोस यस तर्फ पनि सबैको ध्यान जाने छ ! अन्तमा यो लामो अन्तरालमा आफुलाई अझ निखारदै सिङ्गो देश विदेशको परिवेष अनुसारको शैक्षिक स्तरलाई नियाल्दै समग्ररूपमा सवल र सक्षम जनशक्ति निर्माण गर्न समय,काल परिस्थिति अनुसारको शिक्षा प्रदान गर्नका लागि यो शैक्षिक संस्थालाई धराहारा बनाएर उभ्याउने छ ! यस विधालयमा पढेका विधायर्थी भोलि एउटा कुसल शासक र प्रशासक मात्र हैन देश विदेशमा ख्याती प्राप्त गर्न सक्ने दक्ष र उच्च जनशक्ति उत्पादनको केन्द्र बन्दै सबैले गर्व गर्ने सक्ने गर्भिलो ईतिहास बोकेको शैक्षिक हव बनाउन सकोस अग्रिम शुभकामना लिटिल स्टेप माध्यमिक विधालय परिवार व्यक्त गर्न चाहान्छु !